देवदह २६ जेठ। रुपन्देहीको देवदहमा रहेका उद्योगी व्यसायीहरुको संघ संस्थाले अनेरास्ववियु देवदहले गरेको बजार अनुगमन प्रति ध्यानाकर्षण भएको जनाएको छ। देवदह व्यापार संघ,उद्योग व्यापार संघ ,देवदह ,देवदह उद्योग बाणिज्य संघले एक प्रेस बक्तब्य जारि गर्दै बन्दबंदीको समयमा बजार अनुगमन गरेर व्यवसायीहरुलाई हतोस्साहीत बनाउन खोजेको भन्दै आपत्ति जनाएको हो।
देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङ ,उद्योग व्यापार संघ ,देवदहका अध्यक्ष गणेश कुमार खाती र देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद ढकाल द्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा स्थानीय सरकार र स्थानीय प्रशासन समक्ष यस्ता खालका गतिबिधि तत्काल रोक्न माग गरेको बिज्ञप्तिमा उल्लेख छ।
कालाबजारी वा बदमाशी गर्ने ब्यापारीलाई प्रमाण सहित पेश गरेको खण्डमा कानुनि कारबाहीको लागि सघाउने समेत देवदहमा रहेका क्रियाशील संग संस्थाले जारि गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij