बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

'अनलाइन मिडिया क्लब' देवदहको अध्यक्षमा बिष्णु पोखरेल चयन

'अनलाइन मिडिया क्लब' देवदहको अध्यक्षमा बिष्णु पोखरेल चयन

images
  • 749
    SHARES

  • images
    images
    images
    'अनलाइन मिडिया क्लब' देवदहको अध्यक्षमा बिष्णु पोखरेल चयन
    images
    images
    images

    देवदह २६ जेठ।रुपन्देहीको देवदहमा रहेर अनलाइन मिडियामा क्रियाशील पत्रकारहरुको भेलाले बिष्णु पोखरेलको अध्यक्षमा १३ सदस्यीय अनलाइन मिडिया क्लब, देवदह गठन गरेको छ ।

    जसको उपाध्यक्षमा ध्रुव लामिछाने, सचीवमा निर्मल एस. पि. मगर, सह-सचीवमा ललिता घिमिरे र कोषाध्यक्षमा प्रदिप भट्टराई रहेका छन ।साथै, सदस्यहरुमा सुरज भट्टराई, राहुलदेव सापकोटा, भरत नेपाली, बन्दना काफ्ले, संजय गुरुङ र सुरज बस्याल रहेका छन् भने २ महिला सदस्य पछि चयन गर्ने गरि रिक्त राखिएको छ ।

    images
    images
    images

    देवदहमा अनलाइन मिडियामा कार्यरत पत्रकारहरुको हक हित र अधिकारको सुनिश्चितता गर्दै ,बिकृति विसंगतिहरुको खरो रुपमा प्रतिवाद गर्ने उदेश्य सहित अनलाइन मिडिया क्लब देवदह गठन गरिएको नव निर्वाचित अध्यक्ष बिष्णु पोखरेलले जानकारी दिनुभयो। 

    नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य टक बहादुर सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा गुराँस अनलाइन,सेतोमसी,अञ्जुली अनलाइन, पिवि खबर, कामना डेली र ई-लुम्बिनीखबर लगायतका मिडियामा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।

     

    गुराँस अनलाइनमा प्रकाशित सामग्रीबारे कुनै सुझाव गुनासो तथा सूचना भए हामीलाई gurasmedia24@gmail.com मा पठाउनु होला।

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, जेठ २६ २०७८०८:१२:३३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij