बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

'महामाया भवानी मा.वि भूपू विद्यार्थी मंच' को सहयोग अभियान जारि

'महामाया भवानी मा.वि भूपू विद्यार्थी मंच' को सहयोग अभियान जारि

images
  • 653
    SHARES

  • images
    images
    images
    'महामाया भवानी मा.वि भूपू विद्यार्थी मंच' को सहयोग अभियान जारि
    images
    images
    images

    देवदह २६ जेठ।रुपन्देहीको देवदहमा अवस्थित महामाया भवानी मा.वि मा अध्यन गरेका भूपू विद्यार्थीहरुको समुह 'महामाया भवानी मा.वि भूपू विद्यार्थी मंच' द्वारा कोरोना महामारीको अवस्थामा अति विपन्न परिवारहरुका लागि खाद्यान्न संकलन तथा बितरणको कार्यक्रम निरन्तरता दिँदै आइरहेका छ। 

    May be an image of one or more people and people standing

    images
    images
    images

    मंचले आज देवदह ८ बंग्गालीमा रहेको मन्दिर व्यवस्थापन समितिले उपलब्ध गराईदिएको ठाउँमा वर्ष विगत लामो समय देखि  बस्दै आएका ८४ बर्षीय हेम बहादुर पुनलाई खाद्यान्न उपलब्ध गराएको छ। 

    परिवरमा कोहि नभएकाले एक्लै, कहिले मागेर त कहिले स्थानियको सहयोगमा पुनले जिवन निर्वाह गर्दै आइरहनु भएको थियो। 
    पुन वृद्ध अवस्थामा चुहिने छानो र भित्ताविहिन भग्नावेषहरु स्थितिमा रहेको घरमा बस्दै आउनु भएको थियो। पानी घर भित्र आउने तथा झाडिले भरिएर बिसालु सर्पहरुको डरमा निकै कष्ठकर रुपमा जीवन चलाउदै आउनु भएको छ । 

    'महामाया भवानी मा.वि भूपू विद्यार्थी मंच'ले उहाको घर वरपर सरसफाइ गरी, त्रिपाल तथा अन्य समानले तत्कालको लागि भित्ता बनाउने(बार्ने), उहाको लागि १ महिना सम्मको खाद्यन्न उपलब्ध गराउने कार्य गरेको मंचका संयोजक आशिष पोखरेलले जानकारी दिनुभयो। 

    देवदह नगरपालिकाको उप-मेयर बिध्या लक्ष्मी गुरुङको सहजीकरण, स्थानिय समाजसेवी प्रमोद खनाल, युवा अभियन्ता दिपेस बिक्रम मल्ल लगायत अन्य ब्यतित्वको पहलकदमीमा यातायात  सहयोग लिई उहालाई सिक्टहन खोप केन्द्रमा लगि Covid-19 को पहिलो चरणको खोप समेत लगाईएको छ । 

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, जेठ २६ २०७८०८:४८:०३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij