देवदह २६ जेठ।रास्ट्रिय युवा संघ देवदहले भोको पेट भर्ने अभियानको रुपमा संचालन गरेको खाद्यान्न वितरण कार्यक्रम अन्तर्गत हाल सम्म १ सय ७७ घर धुरीलाई राहत वितरण गरिएको छ।
रास्ट्रीय युवा संघ देवदहले देवदह नगरपालिका वडा न ६ मा २६ , ४ मा २२ ,१० मा २१ ,११ मा १७ ,देवदह १२ मा २५ ,देवदह ९ मा २८ ,देवदह ७ मा १२ र देवदह ५ मा २६ गरि हाल सम्म १ सय ७७ घर धुरीलाई राहत वितरण गरिएको हो। दैनिक ज्यालादारी गरि जीवन निर्वाह गर्ने अति विपन्न वर्गका १ सय ७७ घरधुरीलाई राहत वितरण गरिएको राहात वितरण समितिका संयोजक विकास गहतराजले जानकारी जानकरी दिनुभयो।
चामल, दाल, तेल, नुन, आलू, चिउरा सोयाविन, चाउचाउ लगायतका सामाग्री वितरण गरिएको छ । संयोजक गहतराजले कोरोना महामारीले निम्त्याएको संकटमा यूवा संघ नेपाल साथमै छ भन्ने सन्देश सहित अप्ठ्यरोमा साथ दिन यो अभियान शुरु गरिएको बताए । निषेधाज्ञा अवधिभर यो अभियान चलाईने गहतराजले बताउनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij