देवदह २८ ,जेठ। रास्ट्रिय युवा संघ देवदहले भोको पेट भर्ने अभियानको रुपमा संचालन गरेको खाद्यान्न वितरण कार्यक्रम अन्तर्गत हाल सम्म २ सय ११ घर धुरीलाई राहत वितरण गरिएको छ।
रास्ट्रीय युवा संघ देवदहले देवदह नगरपालिका वडा न ६ मा २६ , ४ मा २२ ,१० मा २१ ,११ मा १७ ,देवदह १२ मा २५ ,देवदह ९ मा २८ ,देवदह ७ मा १२ र देवदह ५ मा २६ वडा १ मा १७ र वडा नम्बर २ मा १७ गरि हाल सम्म २ सय ११घर धुरीलाई राहत वितरण गरिएको हो। दैनिक ज्यालादारी गरि जीवन निर्वाह गर्ने अति विपन्न वर्गका परिवार लाई राहत वितरण गरिएको राहात वितरण समितिका संयोजक विकास गहतराजले जानकारी जानकरी दिनुभयो।
चामल, दाल, तेल, नुन, आलू, चिउरा सोयाविन, चाउचाउ लगायतका सामाग्री वितरण गरिएको छ । संयोजक गहतराजले कोरोना महामारीले निम्त्याएको संकटमा यूवा संघ नेपाल साथमै छ भन्ने सन्देश सहित अप्ठ्यरोमा साथ दिन यो अभियान सुरु गरिएको बताउनुभयो। निषेधाज्ञा अवधिभर यो अभियान चलाईने गहतराजले बताउनुभयो।
आज देवदह २ मा राहत वितरण गरिएको थियो। राहत वितरण कार्यक्रममा कुमार तामांग, श्रद्दा कुवर,सुकमाया थापा,कृष्ण केसी ,एलिना रिजाल ,केशब गुरुङ लगायतको उपस्थिति रहेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij