जेठ २९,पाल्पा ।सिदार्थ राजमार्गको बुटवल पाल्पा सिद्दबाबा सडक खण्डको बैकल्पिक मार्गको रुपमा खोलिएको झुम्सा चौकिभन्ज्याङ चरङ्गे सडक खण्ड अबरुद्ध भएको छ।४ बर्ष अघि ट्रयाक खुले पनी सडक निर्माणले सोछे अनुसारको गति लिन सकेको थिएन ।
भिडियो हेर्नुहोस
बैकल्पिक सडक निर्माणको ट्र्याक खोल्नका लागि तिनाउ गाउँपालिकाले ६० लाख,तानसेन नगरपालिकाले २० लाख ,रिब्दिकोट गाउँपालिकाले १० लाख ,बगनासकाली गाउँपालिकाले ५ लाख र देवदह नगरपालिका बाट १० लाख गरि १ करोड १० लाख रुपैयाँ खर्च भएको थियो ।त्यस्तै सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले २०७५/०७६ र ०७६/०७७ गरि दुई आर्थिक वर्षमा २० करोड बजेट उपलब्ध गराएको थियो।
नाली निर्माण गर्ने र कल्भर्ट बनाउने कार्य भैरहेको भनिए पनि नाली निर्माण हुन नसक्दा सडक भट्किएको छ ,लाखौ रकम खर्चिएर निर्माण गरिएको कल्भर्ट समेत बगाएको छ।
२०७५ सालमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री संकर पोखरेल,भौतिक योजना तथा निर्माण मन्त्री बैजनाथ चौधरी ,प्रदेश संसद लगायत जनप्रतिनिधिले निरीक्षण गरेका थिए।
निरीक्षणका क्रममा मुख्य मन्त्री पोखरेलले झुम्सा चौकीभञ्ज्याङ चरङ्गे २० किलोमिटर सडकलाई स्तरोन्नति गरि डबल लेनको बनाएर संचालनमा ल्याउने बताएका थिए।तर निरीक्षण गरेको ३ बर्ष बितिसक्दा पनि न त नाली निर्माण हुन सकेको छ ,न त सडक स्तरोन्नति नै,
सडक निर्माण कार्य सम्पन्न गरि २ बर्ष भित्र सवारी निर्वाध रुपमा संचालनमा ल्याइने भने भनिए पनि सडकको हालको अवस्था भने पैदल हिड्न समेत नमिल्ने खालको रहेको छ।पाल्पाको तिनाउ गाउँपालिका झुम्सा देखि चौकिभन्ज्याङ ७ किलोमीटर र चरङ्गे देखि चौकी भञ्ज्याङ् १३ किलोमीटर रहेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij