काठमाडौं– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख सिता पौडेलले शनिबार बेलुकी पोखरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।
मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।
सत्तारुढ नेपाली कांग्रेसबाट कुमार खड्का, सत्ता साझेदार माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे)ले मन्त्रीका रुपमा सपथ लिएका हुन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij