बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पृथ्वीसुब्बा नेतृत्वको सरकार ढलेपछि गण्डकीका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

पृथ्वीसुब्बा नेतृत्वको सरकार ढलेपछि गण्डकीका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

images
  • 190
    SHARES

  • images
    images
    images
    पृथ्वीसुब्बा नेतृत्वको सरकार ढलेपछि गण्डकीका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा
    images
    images
    images

    पोखरा, ३० जेठ । एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार ढलेसँगै त्यहाँका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले राजीनामा दिएका छन् ।

    विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएको भोलिपल्ट आइतबार बिहानै घिमिरेले मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिएका हुन् । प्रदेश सभाको निर्वाचनद्वारा एमाले नेता गुरुङको नेतृत्वमा प्रदेश सरकार स्थापना भएपछि २०७४ फागुन २१ गते घिमिरे मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए ।

    images
    images
    images

    तीन वर्ष ३ महिना सेवा गर्ने क्रममा आफूबाट कुनै कमी कमजोरी भएको भए क्षमा गर्न घिमिरेले गण्डकीका नागरिकसमक्ष अनुरोध गरेका छन् । २०७८ जेठ ३० गते मिति उल्लेख राजीनामा पत्रमा घिमिरेले लेखेका छन्, ‘सबैमा हार्दिक कृतज्ञता र धन्यवाद ज्ञापन गर्दै मुख्य न्यायाधिवक्ताको पदबाट आजैका मितिबाट लागू हुनेगरी राजीनामा गरेको छु ।’ मुख्य न्यायाधिवक्ता सरकारको सल्लाहकार हुने भएकाले सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुने गर्दछ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, जेठ ३० २०७८१०:०८:३२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij