बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

किन बढ्दैछ अपराध ?आफ्नै दाजुबाट १० बर्षीया बहिनी बलात्कृत

किन बढ्दैछ अपराध ?आफ्नै दाजुबाट १० बर्षीया बहिनी बलात्कृत

images
  • 356
    SHARES

  • images
    images
    images
    किन बढ्दैछ अपराध ?आफ्नै दाजुबाट १० बर्षीया बहिनी बलात्कृत
    images
    images
    images

    हुम्ला । हुम्लाको चंखेली गाउँपालिका वडा नम्वर २ को दार्मामा जेष्ठ २६ गते बुधबार १० वर्षीया बालिका आफ्नै दाजुबाट बलात्कृत भएकी छन् ।

    चंखेली गाउँपालिका २ दार्माको बालज्योती आधारभूत बिद्यालयमा कक्षा २ मा पढ्दै आएकी बहिनीलाई कापी कलम दिने प्रलोभनमा पारी आफ्नो घरमा बोलाएर घरमा कोही नभएको समयमा दाईले आफुलाई बलात्कार गरेको बालिकाले बताएको आफ्न्तको भनाई छ ।

    images
    images
    images

    आफ्नै १३ दिने खलककी बहिनीलाई बलात्कार गरेका अन्दाजी १५ बर्षका किशोर अहिले फरार छन् । उनी २६ गतेबाटै फरार भएको र अहिले उनको खोजीकार्य भई रहेको प्रहरीले बताएको छ ।

    २६ गते घटना भएको भएपनि प्रहरीले २७ गते राती ९ बजे मात्र खबर भएको र खबर पाउने बितिकै घटनास्थलमा प्रहरी पुगे पनि २६ गते नै बलत्कार गर्ने किशोर फरार भई सकेकाले अहिले प्रहरी निरीक्षक नेतृत्वमा फरार किशोरको तिब्र रुपमा खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।रासस 

    बुधबार आफ्नै दाजुबाट बलात्कृत भएकी बालिका आमासहित तीन दिन पैदल हिडेर शनिबार जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिन पुगेकी छन् ।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, जेठ ३० २०७८१०:१८:०७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij