बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

रुपन्देहीमा निषेधाज्ञा खुकुलो हुने :सार्वजनिक यातायातमा संचालनमा भने रोक

रुपन्देहीमा निषेधाज्ञा खुकुलो हुने :सार्वजनिक यातायातमा संचालनमा भने रोक

images
  • 11.7K
    SHARES

  • images
    images
    images
    रुपन्देहीमा निषेधाज्ञा खुकुलो हुने :सार्वजनिक यातायातमा संचालनमा भने रोक
    images
    images
    images

    जेठ ३० ,बुटवल। रुपन्देहीमा निषेधाज्ञा खुकुलो हुने भएको छ।  गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा जेठ ३१ गते राति १२ बजे देखि खुकुलो हुने भएको हो।जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आईतबार बसेको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो ।

    कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा व्यबस्थापनका सम्बन्धमा विषयगत निकायका प्रमुख तथा प्रतिनीधिसंग छलफल गरि उद्योग व्यबसायीहरुको राय सुझावका आधारमा निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरिएको हो ।निषेधाज्ञा खुकुलो भएपनि सार्वजनिक तथा निजी सवारीका साधन सञ्चालनमा भने रोक लगाईएको छ । सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गरेमा कोभिड १९ व्यबस्थापन सम्बन्धमा जारी अध्यादेश अनुसार कारवाही हुने उल्लेख गरिएको छ ।

    images
    images
    images

    जारी निषेधाज्ञा खुकुलो भएपछि अव स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पसल सञ्चालन गर्न दिने निर्णय भएको छ । माछामासु, तरकारी, फलफूल तथा दुधजन्य सामाग्रिका पसल बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो ।त्यस्तै अन्य प्रकृतिका व्यबसाय भने बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ । व्यबसाय सञ्चालन गर्दा जारी स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य पालना गर्नुपर्नेछ ।

    फ्रन्टलाईनमा काम गर्ने चालक, उद्योगी व्यबसायीलाई कोरोना विरुद्धको खोप लगाउने व्यबस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने, जिल्लामा सञ्चालित उद्योग प्रतिष्ठानमा काम गर्ने कर्मचारीहरुलाई उद्योग प्रतिष्ठानको सिफारिसका आधारमा एन्टीजेन परीक्षण गर्ने समेत निर्णय गरिएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, जेठ ३० २०७८०७:२६:०९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij