जेठ ३० ,सुनवल।बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा जारि निषेधाज्ञा असार ७ गते सम्म थप गरिएको छ। विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको नंया भेरियन्ट ग्रामिण स्तर सम्म फैलिएको भन्दै संक्रमण नियन्त्र रोकथाम र उपचारको व्यवस्था लाई थप प्रभावकारी बनाउन निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो।
निषेधाज्ञा अवधिभर कोहि पनि घर बाहिर ननिस्कन र हिड्दुल नगर्न सूचना जारि गरिएको छ। कोरोना संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको स्वास्थ्य मापदण्ड सम्बन्धि सूचना पूर्ण रुपमा पालना गर्न आग्रह गरिएको छ।


Copyright © All right reserved to Lumbini Pana Site By: Sobij