देवदह । राष्ट्रिय जनमुक्ति पार्टीले देवदहको भलुहीमा राहत वितरण गरेको छ । लुम्बिनी प्रदेश कमिटीको आयोजनामा पार्टी देवदह नगर कमिटीले राहत वितरण गरेको हो । भलुही आसपासका अति विपन्न ४१ परिवारलाई राहत वितरण गरिने पार्टीका देवदह अध्यक्ष डम्बर बहादुर थापा मगरले बताए । राहत प्याकेजमा चामल, आटा, तेल, नुन लगायतका खाद्य सामग्री रहेको पार्टीले जनाएको छ ।

राहत वितरण कार्यक्रममा संक्षिप्त भनाई राख्दै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय उपाध्यक्ष बलबहादुर विरकट्टाले निषेधाज्ञामा आर्थिक रुपले विपन्न समुदाय अफ्ट्यारोमा परेको बताउँदै सरकार आफ्नो दायित्वबाट पछाडि हटेको बताए । उक्त राहत वितरण कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश परिचालन कमिटी अध्यक्ष झमबहादुर गुरुङ, प्रदेश कोषाध्यक्ष निर्मा राना, जिल्ला अध्यक्ष प्रेम बहादुर थापा जिल्ला, क्षेत्रीय अध्यक्ष आसबहादुर गुरुङ, देवदह अध्यक्ष डम्बर बहादुर थापा मगर, नगर सचिव मन बहादुर राना लगायतको उपस्तिथि रहेको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij