जेठ ३१ ,बुटवल ।रुपन्देहीको देवदह बाट ४ जना काठ तस्कर पक्राउ परेका छन् ।प्रहरीले अबैध सालको काठ सहित रुपन्देहीको देवदह बाट एक टिपर र तस्करीमा संलग्न चार जनालाई पक्राउ गरेको हो । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० चरङ्गे बाट ईलाका प्रहरी कार्यालय बुटवलको गस्ती टोलिले लु २ ख ४५०१ नम्बरको टिपर सहित चार जनालाई पक्राउ गरेको हो। इलाका प्रहरीको टोलिले सोमबार बिहान ३ बजेतिर गस्तिको क्रममा टिपर चालक झबिन्द्र बगाल,गङ्गा बहादुर बुढा ,बुटवलका रोहित घले र देवदह चरङ्गेका प्रेम बहादुर थापालाई पक्राउ गरेको हो ।टिपरमा करिब ५ लाख बराबरको १ सय ४२ क्युफिटका ४० पिस सालका गोलिया भेटिएपछी नियन्त्रणमा लिई काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। बरामद गरिएको काठ र त्यसमा संलग्न चारै जनालाई आवश्यक काबाहीका लागि जिल्ला वन कार्यालय पठाएको प्रहरीले जानकारी दिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij