असार २ ,देवदह । रास्ट्रीय युवा संघ देवदहले जेठ १३ गते देखि सुरु गरेको राहत वितरण कार्यक्रम निषेधाज्ञा केही खुकुलो भए सङ्गै आज सम्पन्न गरेको छ।
विश्वब्यापी रुपमा फैलिरहेको कोरोना संक्रमणको जोखिम नेपालमा पनि व्यापक रुपमा फैलिए पछि गत जेठ १६ गते देखि निषेधाज्ञा लागू गरिएको थियो।
निषेधाज्ञा लागू गरिए सङ्गै दैनिक ज्यालादारी गरि खाने मजदुर वर्गलाई प्रत्यक्ष असर परेको र संकटको यो घडीमा रोगले भन्दा भोकले कोहि पनि मर्न नपरोस् भन्ने उदेश्यले रास्ट्रीय युवा संघ देवदहले राहत वितरण सुरु गरेको राहत वितरण समितीका संयोजक विकास गहतराजले जानकारी दिनुभयो।
गत जेठ १३ गते देखि सुरु गरेको राहत वितरण अभियान अन्तर्गत यो १८ दिनको अवधीमा देवदहको १ देखि १२ वटा वडामा गरि अति विपन्न ज्याला मजदुरी गरि खाने २ सय ५२ घर धुरीलाई अत्यावश्यक खाद्यान्न सामाग्री दाल,चामल,नुन,तेल,चाउचाउ,सोयाबिन ,आअलु ,चिउरा लगायत वितरण गरिएको हो।
अभियान अन्तर्गत आज देवदह ८ का विपन्न २४ घर धुरीलाई खाद्यान्न वितरण गरि अभियान समापन गरिएको छ।
राहत समितिका संयोजक विकास गहतराजको अध्यक्षता लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपानेको प्रमुख आतिथ्यता,अभियानका सदस्य श्रद्धा कुवर क्षेत्रिको संचालन,देवदह ८ का वडा अध्यक्ष दण्डपानी भट्टराई,प्रकाश अर्याल, यम राना,हिरा थापा ,बन्धु कुमाल ,कृष्ण केसी,सुरज खरेल ,केशब गुरुङ लगायतको उपस्थितमा अभियान समापन गरिएको हो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij