निर्मल एसपी मगर
असार २ ,देवदह।नियमित वर्षाका कारण देवदहका अधिकांश क्षेत्र जलमग्न भएको छ। देवदहको मिलनचोक ,सोइया टोल ,शितलनगर ,सुन कौडा ,कोलिय टोल लगायतका ठाउँमा पानि जाने निकास नहुँदा जलमग्न भएको हो। देवदहका मुख्य र सहायक सडकमा ,कतिपय घर र पसलभित्रै पानी पसेको हो।
देवदह क्षेत्रमा रहेको ढल साँघुरो र नियमित मर्मतका अभावमा बारम्बार यस्तो समस्या देखिरहेको छ ।त्यस्तै भौतिक संरचनाको निर्माण गर्दा ढल निकास हुने क्षेत्र पर्याप्त नराख्दा यस्तो समस्या दोहोरिने गरेको हो।
त्यस्तै देवदहको खैरेनी बजारमा प्रणाली पुरानो भएको तथा पुरानो र नकुहिने वस्तु पस्दा पानी ढलमा नगएर सडकमै जम्मा भएको छ। भौतिक संरचना मापदण्ड विपरित निर्माण गर्दा नाली समेत लोप भएको छ।
ढल निर्माण र सुधारमा समन्वयको अभाव देखिएको छ भने सम्बन्धित निकायले पनि त्यति चासो नराख्दा बारम्बार यस्तो डुबानको समस्या देखिएको हो।ढल व्यवस्थित गर्ने तर्फ बर्षादको समयमा पछुतो मान्ने बाहेक अरु बेलासरोकारवालाको समेत त्यति चासो हुने गरेको छैन।
त्यस्तै देवदहका रोहिणी ,घोडाहा,कचरार नदीहरुमा पानीको बहाव अस्वाभाविक रुपमा बढेकोले यी नदी तटीय वस्ती र तल्लो भागमा रहने आम देवदहबासी सचेत रहन आग्रह गरिएको छ।गुराँस मिडियाको रिपोर्ट ।
२०७७ सालमा आएको बाढीले पुर्याएको क्षेति सम्बन्धि रिपोर्ट
गुराँस अनलाइनमा प्रकाशित सामग्रीबारे कुनै सुझाव गुनासो तथा सूचना भए हामीलाई gurasmedia24@gmail.com मा पठाउनु होला।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij