असार ३ बुटवल। रुपन्देहीमा विगत २४ घण्टामा १९ जना कोरोनाका विरामी थपिएका छन्। १ सय ५१ जनाको आर टि पिसिआर परिक्षण गर्दा १९ जना कोरोना पोजेटिभ देखिएको हो। यो संगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या २७ हजार ८ सय २८ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४८ जना कोरोना मुक्त भएका छन्। यो संगै हाल सम्म २६ हजार ८ सय ८ जना कोरोना मुक्त भएका छन्।
बिगत २४ घण्टामा कोरोना बाट कसैले पनि ज्यान गुमाएका छैनन्। रुपन्देहीमा ४ सय ७५ जना ले कोरोना बाट ज्यान गुमाएका छन्। ५ सय ४५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij