बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

मनाङमै रोकिए मुख्यमन्त्री पोखरेल

मनाङमै रोकिए मुख्यमन्त्री पोखरेल

images
  • 217
    SHARES

  • images
    images
    images
    मनाङमै रोकिए मुख्यमन्त्री पोखरेल
    images
    images
    images


    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल हेलिकप्टर उड्न नसकेपछि मनाङमै रोकिनु भएको छ । केही दिन देखिको अविरल वर्षाका कारण हेलिकप्टर उड्न नसकेको हो । उहाँ बाढी पीडितलाई राहत वितरण गर्न बिहीबार हेलिकप्टरमा मनाङ पुग्नु भएको थियो ।

    नवनियुक्त मुख्यमन्त्री नेपालीले भालि शुक्रबार बिश्वासको मत लिने तयरी छ । तर उहाँ मनाङमै अड्किएपछि बिश्वासको मत लिने कार्यक्रम अन्योलमा परेको छ । मुख्यमन्त्री नेपालीसँगै मन्त्री दीपक मनाङे, प्रदेश सांसद चिन्तबहादुर पनि मनाङमै अड्कीनु भएको छ ।
     
    मनाङ पुगेका मुख्यमन्त्रीले बाढीले पुर्‍याएको क्षतिको निरीक्षण गर्नुका साथै प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूसँग बाढीले पुर्‍याएको क्षतिको बारेमा जानकारी समेत लिएका थिए ।

    images
    images
    images

    मुख्यमन्त्री पोखरेलले राहत तथा उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिएका थिए ।

    यता मुख्यमन्त्रीलाई लिएर गएको सेनाको हेलिकोप्टर उद्धार कार्यमा आएको भन्दै मुख्यमन्त्रीलाई लिएर फर्कन नमानेको दाबि गरिएको छ। मनाङमा अड्किएको मुख्यमन्त्री सहितको टोली निजी एयरको हेलिकोप्टरबाट आउन लागेको गण्डकी प्रदेशका प्रवक्ता कुमार खड्काले बताएका छन् ।

    यता गण्डकी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयले भने उक्त हेलिकोप्टर प्रदेश सरकारले खर्च बेहोर्ने गरी पोखरा मनाङ पोखराका लागि प्रबन्ध गरिएको जनाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले भोलि विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनु अघिल्लो दिन भएको यो घटनालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, आषाढ ३ २०७८०८:०८:३३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij