बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नवलपरासी युवा समाजका युवाहरु भन्छन्: 'नो भ्याक्सिन नो ट्याक्स'

नवलपरासी युवा समाजका युवाहरु भन्छन्: 'नो भ्याक्सिन नो ट्याक्स'

images
  • 784
    SHARES

  • images
    images
    images
    नवलपरासी युवा समाजका युवाहरु भन्छन्: 'नो भ्याक्सिन नो ट्याक्स'
    images
    images
    images

    निर्मल एसपी मगर 

    असार ४,परासी। बिश्व व्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण यति बेला प्राय सबै क्षेत्र अस्तव्यस्त छ। उद्योग ,कलकारखाना यातयात ,शैक्षिक क्षेत्र ,व्यापार व्यवसाय देखि लिएर होटेल व्यवसाय ठप्प छ। 

    images
    images
    images

    २०७७ सालमा कोरोना संक्रमणका विरामी देखिन थाले पछी चैत्र देखि बिचमा केही खुल्दै माघ सम्मनै लक डाउन भयो। कोरोना महामारीका कारण व्यापक रुपमा प्रभावित भएको जनजीवन तंग्रिन नपाउदै २०७८ सालको बैशाख देखि दोस्रो भेरियन्टको कोरोना संक्रमणको असर देखिन थाल्यो। कोरोना संक्रमण रोकथामका लागि भन्दै सरकारले गत बैशाख देखि निषेधाज्ञा जारि गरेको छ। २ महिना प्राय सबै क्षेत्र ठप्प छ। 

    नेपाल सरकारले हाल संक्रमण डर केहि घटेको भन्दै निषेधाज्ञा केहि खुकुलो बनाएको छ। सरकारले असार भित्र कर तिरिसक्नु पर्ने भन्दै सूचना समेत जारि गरेको छ। 

    No description available.

    यसै बिचमा नवलपरासीका युवाहरु भने 'नो भ्याक्सिन नो ट्याक्स'भन्दै सडकमा निस्किएका छन्। नवलपरासी युवा समाजले बिभिन्न ३ बुंदे माग राख्दै बिरोध प्रदर्शन गरेका छन्। 'नो भ्याक्सिन नो ट्याक्स ,जति सक्दो छिटो भ्याक्सिनको व्यवस्था गर्नु पर्ने ,लक डाउन अवधिभरको कर मिनाहा तथा पिडित व्यवसायीहरुलाई राहतको व्यवस्था गर्नु पर्ने लगायत माग राख्दै प्रदर्शन गरिएको अभियानका संयोजक तथा बक्ता धर्मेन्द्र गिरिले बताउनुभयो। 

    No description available.

    नवलपरासी युवा समाजका युवाहरुले रामग्राम नगर क्षेत्रको परिक्रमा गर्दै परासी बुद्द चोकमा पुगेर कोण सभामा परिणत भएको हो। 'सरकार हाम्रो भ्याक्सिन खोइ ?,बाढीपिडित लाई चाडो राहत देउ लगायतको प्ले कार्ड बोकेर युवाहरुले प्रदर्शन गरेका हुन्। 

    नवलपरासीका सात ओटै पालिकामा प्रदर्शन गर्ने गरि तयारी थालिएको नवलपरासी युवा समाजका युवा निर्दोष बश्यालले जानकरी दिनुभयो। 

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, आषाढ ४ २०७८०७:४१:३१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij