सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको हेलम्बुस्थित इलाका प्रहरी कार्यालय हेलम्बुको भवन मेलम्ची खोलाकाे बाढीले भत्काएको छ।
शुक्रवार मेलम्ची खोलामा आएको बाढीले हेलम्बु गाउँपालिकाको वडा २ किउलमा रहेको प्रहरी कार्यालय ढलाएको छ। शुक्रवार साँझ पानी पर्न थाले पछि बाढी बढेको थियो। मंगलवार आएको बाढीले खासै क्षति नपुगेको इलाका प्रहरी कार्यालय हेलम्बुको कार्यालय शुक्रवारको बाढीले भने भत्काएको हो।हेलम्बुको किउल-तिम्बु जोड्ने चनौटेको रातो पुल पनि बाढीले बगाएको छ ।
मंगलवार मेलम्ची खोलामा बाढी आएपछि चौकीका सामान सबै सारिएको थियो। हाल प्रहरी कार्यालय माथिल्लो भेगमा भाडाको घरमा सारिएको छ। मंगलवारदेखि आएको बाढीका कारण हेलम्बु गाउँपालिकादेखि मेलम्ची बजारसम्म क्षति गराएको छ। बाढीको बहाव घट्ने बढ्ने भइरहेको स्थानीयले जनाएका छन्।
असार ११ गते शुक्रबार देखि आउंदै छ।
कार्यक्रम :कृषिका कुरा
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij