बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पहिरोले डोजर पुर्दा धादिङमा दुई जना बेपत्ता

पहिरोले डोजर पुर्दा धादिङमा दुई जना बेपत्ता

images
  • 365
    SHARES

  • images
    images
    images
    पहिरोले डोजर पुर्दा धादिङमा दुई जना बेपत्ता
    images
    images
    images

    असार ५।  धादिङको रुबिभ्याली गाउँपालिका वडा न २ मा सडक खन्दै गर्दा पहिरो खसेर स्काभेटर सहित दुई जना व्यक्ति पुरिएर हराईरहेका छन् । धादिङबेसी साङकोष तिप्लिङ सोमदाङ सडक निर्माणका क्रममा शुक्रवार साँझ ६ वजेतिर रुवीभ्याली गाउँपालिकाको वडा नम्बर २ अताखोलामा पहिरोले पुरिएर रुबिभ्याली ६ घर भएका डोजरका सहचालक जोजो तामाङ र डोजर चालक सिन्धुपाल्चोक जिल्लाका राजु पराजुली बेपत्ता भएका छन् ।

    साविकको सेर्तुङ र तिप्लिङ गाविसको सिमानामा रहेको अताखोलामा सडक निर्माण कार्य भईरहेको बेला एक्कासी ठूलो पहिरो खस्दा डोजर र दुई जना मान्छे पुरिएरका हुन् । बेपत्ताहरुको गए राति देखि नै खोजी भइरहे पनि फेला परेका छैनन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले शनिबार बिहानै देखि बेपत्ता दुवैको खोजी भइरहेको बताए।

    images
    images
    images

    घटना लगत्तै उद्धारका लागि प्रयास गरिएपनि पहिरोले पुरेर केही नदेखिएपछि उद्धारगर्न कठिनाई भएको हो । गाउँमा मोवाईल सम्र्पक टुटेको कारण प्रहरीले आफ्नो आन्तरिक सञ्चार सेटबाट घटनाको जानकारी लिईरहेको छ ।

    सदरमुकामबाट सडक सञ्जालले नछोएको रुवीभ्याली गाउँपालिकामा सडक पुर्याउन बहुबर्षिय योजना अन्र्तगत धादिङबेसी, साङकोष, तिप्लिङ, सोमदाङ सडक निर्माण कार्य जारी रहेको छ । सोही सडक खण्डको डुण्डुरेमा पक्की पुल निर्माण भएर मोटर चल्न थालेका छन् ।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, आषाढ ५ २०७८१०:१७:१२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij