बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

विवादित सामाजिक अभियन्ता ज्वाला संग्रौला पक्राउ

विवादित सामाजिक अभियन्ता ज्वाला संग्रौला पक्राउ

images
  • 360
    SHARES

  • images
    images
    images
    विवादित सामाजिक अभियन्ता ज्वाला संग्रौला पक्राउ
    images
    images
    images

    असार ६ ,काठमाडौं। सामाजिक अभियन्ताका नाममा विभिन्न घटनामा विवादित बनेकी ज्वाला संग्रौलालाई प्रहरीले पक्राउ गरेको छ। 

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले संग्रौला पक्राउ परेको पुष्टि गरे। 

    images
    images
    images

    महानगरीय प्रहरी वृत्त गौशालाभित्रै खुश्बु घिमिरेमाथि कुटपिट गरेको घटनाको अनुसन्धानका लागि संग्रौलालाई पक्राउ गरिएको एसपी बस्नेतले जानकारी दिए।

    बस्नेतका अनुसार संग्रौलासहित उनको समूहका हिमाल उपाध्याय र शर्मिला वाइबा पनि पक्राउ परेका छन्। खुश्बुको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको एसपी बस्नेतले बताए। 

    संग्राैलाको समूहले अघिल्लो महिना महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झाथि रंगभेदी दूर्व्यवहार गरेका थिए। उक्त घटनाका विषयमा समेत छानविन हुने प्रहरीले जनाएको छ।

    सो घटनाबारे मधेशी आयोगमा उजुरी परेको थियो। उक्त उजुरीमाथि आवश्यक कारबाही गर्न आयोगले प्रहरी महानिरीक्षकको सचिवालयमा फाइल पठाएको थियो।रासस 

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, आषाढ ६ २०७८०७:५८:२६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij