बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

रुपन्देहीमा १४ गते सम्म निषेधाज्ञा थप ,निजि सवारीमा जोर-बिजोर प्रणाली लागु

रुपन्देहीमा १४ गते सम्म निषेधाज्ञा थप ,निजि सवारीमा जोर-बिजोर प्रणाली लागु

images
  • 658
    SHARES

  • images
    images
    images
    रुपन्देहीमा १४ गते सम्म निषेधाज्ञा थप ,निजि सवारीमा जोर-बिजोर प्रणाली लागु
    images
    images
    images

    असार ७ ,बुटवल। रुपन्देहीमा असार १४ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको छ। कोरोना संकट व्यवस्थापन समिति डीसीसीएमसीको सोमबार बसेको बैठकले गत बैशाख १६ गते देखि जारि निषेधाज्ञालाई निरन्तरता दिंदै असार १४ गते सम्मका लागि निषेधाज्ञा थप गरेको हो। 

    निषेधाज्ञा अवधि भर सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन नगर्ने ,शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन तथा परीक्षाहरु संचालन गर्न नपाउनेसभा, पार्टी प्यालेस, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, व्युटिपार्लर र स्विमिङपुल ,जिमखाना आदि सञ्चालन नगर्ने,महोत्सव, जात्रा सञ्चालन गर्न,सभा जुलुस लगायतका मानिसको भिडभाड हुने कुनै पनि क्रियाकलाप सञ्चालन गर्न नपाइने, आन्तरिक नित्य पुजाबाहेकका सबै धार्मिक साँस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट नगर्ने सूचना जारि गरेको छ। 

    images
    images
    images

    सार्वजनिक सवारी साधन भने अझै नखुल्ने भएको छ। निजि सवारी साधन जोर-विजोर प्रणाली अनुसार जोर गते जोर नम्बरका सवारी र विजोर गते विजोर नम्बरका सवारी साधन चलाउन पाइने जिल्ला प्रसासन कार्यालय रुपन्देहीले जानकारी दिएको । सरकारी कार्यालय भने भोलि देखि खुल्ने भएका छन्। 

    असार ११ गते शुक्रबार देखि आउंदै छ। 
    कार्यक्रम :कृषिका कुरा 

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, आषाढ ७ २०७८०५:२५:१९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij