असार ७ ,बुटवल। विश्व ब्यापी रुपमा फलिएको कोरोना संक्रमण महामारीको असर नेपालमा पनि देखिए पछि नेपालमा निषेधाज्ञा जारि गरिएको छ। पहिलो चरणको लक डाउनले अस्त ब्यस्त बनेको जनजीवन सामान्य हुन नपाउदै दोस्रो भेरियन्ट को कोरोनाको असर देखिएको छ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपंतिमा ज्यानको बाजी लगाएर स्वास्थ्यकर्मी खटिरहेका छन।यसै बीच बुटवल उपमहानगरपालिका मा कार्यरत ७१ जना स्वास्थ्य कर्मीलाई सम्मान गरिएको छ।
सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिव राज सुवेदीले सम्मानित हुने स्वास्थ्य कर्मीलाई बधाई तथा शुभकामना ज्ञापन गर्नु भयो।

कोभिड-१९ सम्बन्धि सही सुचना र जानकारी आवश्यक सहयोग र समन्वय तथा सहजिकरको राष्ट्रिय अभियानले स्वास्थ्यकर्मी लाई सम्मान गरेको हो। स्वास्थ्यकर्मी लाई काम गर्ने साहस र हौसला प्रदान गर्नका लागि सम्मान गरिएको अभियानका संयोजक तथा युवा अभियन्ता कृष्ण रसाइलीले बताए।
अभियानले अति बिपन्न परिवारलाई राहत बाढ्ने,कोभिड सम्बन्धि सहि सूचना र परामर्श दिने ,कोरोना संक्रमितलाई हौसला प्रदान गर्न घर घरमै पुगी घरेलु औषधि तथा स्वास्थ्य सामग्री वितरण गर्ने,फ्रन्टलाइनर सुरक्षाकर्मी तथा स्वास्थ्य कर्मीलाई सम्मान गर्ने लगायतको काम गरेको संयोजक रसाइलीले बताए।
सम्मान कार्यक्रममा बुटवल उपमहानगरपालिकाकाका उपप्रमुख गुमादेवी आचार्य , बुटवल उपमहानगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत शिव रेग्मी लगायतको सहभागिता रहेको थियो। कार्यक्रम कृष्ण रसाइलीको अध्यक्षता तथा निर्मल एसपी मगरको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij