असार १०,देवदह। रुपन्देहीको देवदह नगरपालिकाले कृषि ,शिक्षा ,स्वास्थ्य, रोजगार र पर्यटनलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८ /७९ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरपालिकाको तर्फ वाट नवौ नगरसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तु गर्दै नगरप्रमुख हिरा बहादुर खत्रीले देवदह नगरपालिकालाई कृषि आधुनिकरण , उत्पादन र बजारीकरणमा प्रोत्साहन गर्ने,भूमी व्यवस्था समाधान गर्ने, पर्यटन प्रबर्दन शिक्षा र रोजगारलाई मुख्य प्रथिमकतामा राखि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख खत्रीले भुमिहिन तथा सुकुम्बासीलाई उचित स्थानको पहिचान गरी बसोबासको व्यवस्था गरीने बताइएको छ । साथै निति तथा कार्यक्रममा कृषि आधुनिकिकरणमा पनि जोड दिइएको छ । कृषि आधुनिकिकरणका लागि पकेट क्षेत्रको पहिचान गरी सिंचाई, मल बिउको सर्वसुलव रुपमा व्यवस्था गर्ने बताइएको छ । नगर प्रमुख हिरा बहादुर खत्रीले पेस गरेको निति तथा कार्यक्रममा किसानले उत्पादन गरेको कृषि बालिको भण्डारणका लागि चिस्यान केन्द्र निर्माण गर्ने बताइएको छ । कोभिडका कारण गाउँ फर्केका युवाहरुलाई कृषि क्षेत्रमा आर्कषित गरेर उत्पादन अभिबृद्धिका लागि प्रदेश सरकारको सहकार्यमा उत्पादन सामाग्री तथा साना कृषि औजार र उपकरणमा अनुदानको व्यवस्था गरीने उल्लेख गरीएको छ ।
पशु सेवा अन्तर्गत एक नगर एक उत्पादन कार्यक्रम, पशुपालक किसानहरुलाई पशुपालन तथा गुणस्तरीय दुध उत्पादन तथा दुधको विविधिकरण सम्बन्धि तालिम सञ्चालन गरीने बताइएको छ । देवदह नगरपालिकाको बार्षिक निति तथा कार्यक्रमले धार्मिक पर्यटनलाई पनि प्राथमिकतामा राखेको छ । देवदह नगरपालिकाको चार वटै प्रवेश द्धारमा बौद्ध संस्कृती झल्कने प्रवेशद्धार निर्माण गरीने भएको छ । देवदहका विभिन्न क्षेत्रमा कृर्षि सहकारी सञ्चालनका लागि प्रोत्साहन गरीने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।
उपप्रमुख विद्यालक्ष्मी गुरुङ्घको अध्यक्षतामा प्रस्तुत निती तथा कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज बेल्बासे, प्रवक्ता झिल्लु प्रसाद न्यौपाने लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु ,नगरपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो । प्रशासकिय अधिकृत गंगा प्रसाद पन्थीको संचालनमा भएको कार्यक्रममा अमर लामिछाने, खैराज शर्मा, देवी अधिकारी, देवु भट्टराई,सावित्री चौधरी, केशवराज राना,धन बहादुर सुनार,सिता वि.क., सरस्वति पोखरेल,खेम बहादुर थापा,पूर्णकली खरेल लगायतले सुझाव पेश गरेका थिए ।
कार्यक्रम :कृषिका कुरा
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij