बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

राप्रपा देवदहद्वारा संचारकर्मी र सहयोगी संस्थालाई सम्मान

राप्रपा देवदहद्वारा संचारकर्मी र सहयोगी संस्थालाई सम्मान

images
  • 207
    SHARES

  • images
    images
    images
    राप्रपा देवदहद्वारा संचारकर्मी र सहयोगी संस्थालाई सम्मान
    images
    images
    images

    असार १० । राष्टिय प्रजातन्त्र पार्टी देवदह नगर समितिले संचारकर्मी तथा सहयोगीहरुलाई सम्मान गरेको छ । कोभिड १९ को  प्रतिकुल समयमा पनि आम जनमानसमा संचालन गरेको कार्यक्रमलाई सहयोग गर्नेहरुलाई सम्मान गरेको हो ।

    राष्टिय प्रजातन्त्र पार्टी देवदहले दोश्रो लहरको कोभिड शुरु भएसंगै विरामीलाई अस्पताल सम्म पुर्याउन निशुल्क सवारी साधन उपलव्ध गराउदै मानवीय सेवाको कार्य संचालन गर्दै आईरहेको थियो । । राष्टिय प्रजातन्त्र पार्टी देवदह नगर समितिका अध्यक्ष माधव रिमालको अध्यक्षता र पार्टीका केन्द्रिय सम्पादन समितिका सदस्य ताहिर अलीको प्रमुख आतिथ्यतामा उक्त सम्मान कार्यक्रम सम्पन्न गरेको हो । सो अवसरमा बोल्दै अध्यक्ष रिमालले पार्टीले संचालन गरेको कार्यक्रमबाट करिव १२००  जना आम देवदहवासीले सेवा लिएको बताउनु भयो । उहाले देवदह क्षेत्रमा अपांग , असहाय, गरिवहरुलाई अस्पताल पुर्याउने काम गरेको बताउनु भयो । 

    images
    images
    images

    अध्यक्ष रिमालले कोरोना भाइरस संक्रमितहरुलाई घरघरमा पुगेर स्वास्थ्य लाभको कामना गर्दै फलफुल समेत प्रदान गरिएको जानकारी दिनु भयो । आम नागरिकलाई अस्पताल सम्म पुर्याउनको लागि पार्टीका कार्यकर्ताले कोरोनाको विषयम परिस्थितीमा मानवीय सेवा गरेको बताउनु भयो । उहाले पार्टीले निर्वाचनको समयमा भोट माग्नको लागि नभई मानवीय सेवाको लागि पार्टीका कार्यकर्ता निस्वार्थ भावले काम गरेको दावी गर्नु भयो । उहाले विषयम परिस्थितीमा पार्टीले संचालन गरेको कार्यक्रममा आमनागरिक र सञ्चारकर्मीले महत्वपुर्ण भुमिका खेलेको प्रति हार्दिक धन्यवाद दिनु भएको थयो । कोभिडको बेलामा जटिल अवस्थामा फ्रन्टलाईनमा रहेर पत्रकारिता गरेको भन्दै पत्रकार, सवारी चालक, तथा सहयोगीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तोयनाथ लम्साल, पार्टीका क्षेत्रीय समितिका अध्यक्ष हेमलाल गौतम लगायतले बोल्नु भएको थियो । पार्टीका नगर उपाध्यक्ष विनोदकुमार विकको स्वागत र कमल पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, आषाढ १० २०७८०८:४६:५४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij