बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

स्वास्थ्य मापदण्ड पूरा गरी यातायात संचालन गर्न प्रशासन सकारात्मक

स्वास्थ्य मापदण्ड पूरा गरी यातायात संचालन गर्न प्रशासन सकारात्मक

images
  • 292
    SHARES

  • images
    images
    images
    स्वास्थ्य मापदण्ड पूरा गरी यातायात संचालन गर्न प्रशासन सकारात्मक
    images
    images
    images

    असार ११,काठमाडाैं।  स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न प्रशासन सकारात्मक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्‍घले जनाएको छ।

    व्यवसायी र अधिकारीहरूबीच बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा छलफल भएको थियो। करिब दुई महिनाअघिदेखि सार्वजनिक यातायात थन्किँदा मजदुर र सवारीधनी मर्कामा परेको महासङ्‍घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य बताए।

    images
    images
    images

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलगायत अधिकारी स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सकारात्मक पाएको उनले जानकारी दिए। कोरोनाको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यातायात चलाउने विषयमा छलफल भएको थियो। जोरबिजोर गरेर सवारी चलाउँदा यात्रु कोचाकोच गरेर राख्नुपर्ने अवस्था आउने भएकाले सबै सवारी चलाउनुपर्ने व्यवसायीको माग छ। स्वास्थ्य मापदण्ड पूरा गरे नगरेको अनुगमनको व्यवस्था गर्नुपर्ने विषय पनि छलफलमा उठेको थियो।

    काठमाडौं उपत्यकामा मात्र नभई उपत्यकाबाट बाहिर जाने सवारी पनि खुला गर्न व्यवसायीले माग गरेका छन्। सार्वजनिक यातायात चलाएपछि सबै क्षेत्र चलायमान हुने भएकाले सावधानीपूर्वक चलाउने व्यवस्था मिलाउनुपर्ने यातायात व्यवसायीको माग छ।

    प्रमुख जिल्ला अधिकारी पराजुलीले गृहसचिव र मुख्यसचिवसँग सल्लाह गरेर १३ गतेसम्म निर्णय गर्ने प्रतिबद्धता जनाएका छ। महासङ्‍घले सार्वजनिक यातायातका चालक, सहचालकलाई अनिवार्यरूपमा खोप लगाउने व्यवस्था गर्न पनि माग गरेको छ।

     

     

     

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, आषाढ ११ २०७८०८:२४:४५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij