बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

गणतन्त्रको विकल्प राजतन्त्र होइन:पुर्व प्रधानमन्त्री भट्टराई

गणतन्त्रको विकल्प राजतन्त्र होइन:पुर्व प्रधानमन्त्री भट्टराई

images
  • 165
    SHARES

  • images
    images
    images
    गणतन्त्रको विकल्प राजतन्त्र होइन:पुर्व प्रधानमन्त्री भट्टराई
    images
    images
    images

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले केहीदिन अघि राष्ट्रपति भन्दा राजामा शान, मान र इज्जत रहेको बताएसँगै राजनीतिक वृत्तमा यसको चर्चा चलिरहेको छ।

    बिहीबार विपक्षी गठबन्धनका दलहरुले सम्पादकहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिले राष्ट्रपतिको कदमका कारण उक्त संस्थामा मानिसको विश्वास, इज्जत कमजोर बन्दै गएको भन्दै राजसंस्था रहँदा शान, मान र इज्जत रहेको बताएका थिए। उनको यस्तो अभिव्यक्ति सार्वजनिक भएसँगै राजवादीहरु उत्साही भए। 

    images
    images
    images

    राजतन्त्रको वकालत गर्दै आएका राप्रपाका अध्यक्ष कमल थापाले प्रचण्डको भनाइमा समर्थन गर्दै भनेका थिए, 'प्रचण्डजीले सही भन्नु भयो। हाम्रो जस्तो सामाजिक चेतना र भूराजनीतिक अवस्था भएको देशमा पार्टीगत आधारमा निर्वाचित राष्ट्रपतिबाट निष्पक्ष र गरिमामय भूमिका निर्वाह हुन सक्दैन। त्यसर्थ, देशको शान मान र हितको रक्षार्थ संवैधानिक राजसंस्था कायम गरौं।यो असल कामको पहल गर्नुहोस्।' 

    थापाले प्रचण्डलाई राजसंस्था कायम गर्ने कामको पहल गर्न आग्रह गरेसँगै जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष बाबुराम भट्टराईले ‘राजामा शान, मान र इज्जत थियो’ भन्ने कुरामा सत्यता नभएको र यो कुरा सुनेर राजावादीहरु हौसिन जरुरी नभएको जवाफ दिएका छन्। 

    थापाले गरेको ट्वीटको जवाफ दिँदै भट्टराईले गणतन्त्रको विकल्प अझै उच्च स्तरको लोकतान्त्रिक गणतन्त्र भएको भन्दै कुनै पनि रूपको राजतन्त्र नभएको बताए। उनले जनतामा भ्रम छर्ने काम नगर्न थापासँग आग्रह गरे। भट्टराईले भनेका छन्, 'जसले जुन सन्दर्भमा जे मनसायले भने पनि ‘राजामा शान,मान र इज्जत थियो’भन्ने कुरा सत्य हैन र यो सुनेर इतिहासबट विदा भैसकेको राजतन्त्रका हिमायतिहरू पनि हौसिन जरूरी छैन। गणतन्त्रको विकल्प अझै उच्च स्तरको लोकतान्त्रिक गणतन्त्र हो, कुनै पनि रूपको राजतन्त्र हैन। जनतामा भ्रम छर्ने काम नगरौं!'नेपाल लाइभ बाट 

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, आषाढ १२ २०७८०९:१८:३४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij