असार १२ । लामो समय ‘ग्याजेट’मा व्यस्त हुँदा बालबालिकामा आँखाको समस्या आउन सक्ने चेतावनी विषेशज्ञले दिएका छन् ।
कोरोना महामारीका कारण बालबालिका विद्यालय जान पाएका छैनन् । वैकल्पिक सिकाइ अन्तर्गत अनलाइन कक्षा लिन बाध्य छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आँखा रोग विशेषज्ञ डा. सञ्जीव भट्टराईले धेरै समय स्क्रिनमा बिताउनुपर्दा बालबालिकामा आँखाको समस्या आउने बताए । उनले भने, “अहिले धेरै बालबालिकाको ‘स्क्रिन टाइम’ बढिरहेको छ जसका कारण आँखामा धेरै समस्या देखा परिसकेको छ ।”
अहिले अधिकांश मानिसहरुले ‘स्क्रिन’मा आफ्नो समय बिताइरहेका छन् । त्यसले पनि आँखामा थुप्रै खालका समस्याहरु देखिएका छन् । पहिला दिनभरी स्कुल गएर पढ्ने बालबाबलिकाहरु पनि अहिले दिनभरी घरमा बसेर मोबाइल र कम्प्युटर चलाइरहेका छन् । कतिपय विद्यालयहरुले अनलाइन कक्षा सुरु गरिदिएको छ । यस्तो बेलामा मोबाइल, ल्यापटक र कम्प्युटरबाट टाढा भएर उनीहरु बस्न सक्दैनन् । त्यस्तै, अभिभावकहरुको पनि अवस्था त्यही छ ।
उनीहरुमध्ये कतियले ‘वर्क फ्रम होम’ भन्दै घरैबाट काम गर्न सुरु गरेका छन् । परिवारका ठूला-साना सबै सदस्यले धेरैभन्दा धेरै समय स्क्रिनमा बताइरहेका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij