बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

‘प्रादेशिक पत्रकारिता पुरस्कार’बाट ४ जना पत्रकार पुरस्कृत

‘प्रादेशिक पत्रकारिता पुरस्कार’बाट ४ जना पत्रकार पुरस्कृत

images
  • 183
    SHARES

  • images
    images
    images
    ‘प्रादेशिक पत्रकारिता पुरस्कार’बाट ४ जना पत्रकार पुरस्कृत
    images
    images
    images

    झापा । प्रदेश नं १ सरकारले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज यहाँ चार जना पत्रकारलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’बाट सम्मान गरेको छ ।

    सम्मानित हुनेमा गञ्जबहादुर दाहाल (झापा), कौशल चेम्जोङग (उदयपुर), गोविन्दचन्द्र क्षेत्री (झापा) र ललिता भट्टराई (मोरङ) रहेका छन् । सबै सम्मानित चारै जनालाई एक लाख नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको छ । विसं २०७७ मा कोरोना महामारीका कारण वितरण गर्न नसकिएको पुरस्कारसहित यस वर्ष चार जनालाई वितरण गरिएको बताइएको छ ।

    images
    images
    images

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उनीहरुलाई दोसल्ला ओढाएर नगदसहित सम्मानपत्रद्वारा सम्मान गरे । सो अवसरमा उनले पत्रकारिता क्षेत्र मर्यादित, जिम्मेवारीपूर्ण एवं विश्वसनीय हुनुपर्नेमा जोड दिए । वर्तमान पत्रकारिताले भावीपुस्तालाई मार्गदर्शन दिने खालको हुनुपर्नेमा जोड दिदैं उनले समाजलाई सही मार्गदर्शन गर्न सकेमा मुलकमा गणतन्त्र र सङ्घीयता बलियो बनाउन महत्वपूर्ण योगदान पुग्ने विचार व्यक्त गरे ।

    मुख्यमन्त्री राईले प्रदेश सरकारले व्यवसायिक पत्रकारिताको माध्यमबाट समाजलाई योगदान पुर्याएबापत पुरस्कार स्थापना गरिएको स्पष्ट पार्दै यो सङ्घीयताको उपहार भएको बताए । उनले मिडिया हाउस राष्ट्र, जनता, कानून र संविधानप्रति प्रतिवद्ध हुनुपर्ने उल्लेख गर्दै पत्रकारिता क्षेत्रको समग्र विकासका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

    आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा कोरोनाबाट मृत्यु भएका दुई पत्रकारका परिवारलाई राहत प्रदान गर्ने जानकारी दिदैं प्रदेशका १४ जिल्लाका पत्रकार महासङ्घका भवन निर्माण तथा कार्य सञ्चालनमा सहयोग प्रदान गरेको बताए । उनले सञ्चारकर्मीले तथ्यका आधारमा सत्य समाचार पस्कनु पर्नेमा जोडदिदै पत्रकारिता क्षेत्रको विकास र उन्नयनमा प्रादेशिक सञ्चार प्रतिष्ठान कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, आषाढ १२ २०७८०९:४७:४९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij