बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

निरीक्षणका लागि पुगेका वडाध्यक्षलाई डोजरको बकेटले हानेर हत्या

निरीक्षणका लागि पुगेका वडाध्यक्षलाई डोजरको बकेटले हानेर हत्या

images
  • 335
    SHARES

  • images
    images
    images
    निरीक्षणका लागि पुगेका वडाध्यक्षलाई डोजरको बकेटले हानेर हत्या
    images
    images
    images

    सर्लाही । यहाँको ईश्वरपुर नगरपालिका वडा नं ३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको छ । वडाध्यक्ष श्रेष्ठको शुक्रबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    भक्तिपुरमै रहेको खलाल दास पोखरीको स्तरोन्नति कार्य भइरहँदा वडाध्यक्ष श्रेष्ठ निरीक्षण पुगेका थिए । सो क्रममा डोजर चालकसँग विवाद हुँदा चालकले शुक्रबार राति जेसिबीको बकेटले हानेर उनको हत्या गरेको प्रहरीको भनाइ छ ।

    images
    images
    images

    केही दिनयता पोखरीको स्तरोन्नति तथा सौन्दर्यीकरण कार्य भइरहेको थियो । सोको निरीक्षण गर्न पुगेका वडाध्यक्षको चालकसँग विवाद भएपछि उक्त घटना हुन पुगेको बताइएको छ । शुक्रबार राति अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र चालक रविन भन्ने हर्कबहादुर तामाङल सँगै रहेको खुलेको छ । उनीहरुले नजिकैको एक होटलमा सँगै खाजा समेत खाएको र त्यसपछिफर्किने क्रममा राति करिब १० बजे विवाद बढेपछि चालक तामाङले वडाध्यक्ष श्रेष्ठलाई हानेका थिए ।

    डोजरको बकेटले हानेर लडाएपछि माटोले पुरिदिएको प्रहरीको भनाइ छ । घटनालगत्तै प्रहरी टोली पुगेकाे थियाे । प्रहरी पुग्दा वडाध्यक्ष श्रेष्ठ अचेत अवस्थामा  रहेकाे र तत्काल जिल्ला अस्पताल मलंगवा लगिएको जनाइएकाे छ । तर  त्यहाँ पुग्दा चिकित्सकले मृत घोषित गरेका थिए ।

    घटनामा संलग्न चालक तामाङसँगै ठेकेदार दाहाललाइ प्रहरीले शनिबार बिहान नियन्त्रणमा लिएकाे छ । मृतक श्रेष्ठको पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, आषाढ १२ २०७८११:३७:०४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij