बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

कालीगण्डकी तिनाउ डाईभर्सन आयोजना कार्यालयको उद्धघाटन संगै बिरोध सुरु

कालीगण्डकी तिनाउ डाईभर्सन आयोजना कार्यालयको उद्धघाटन संगै बिरोध सुरु

images
  • 299
    SHARES

  • images
    images
    images
    कालीगण्डकी तिनाउ डाईभर्सन आयोजना कार्यालयको उद्धघाटन संगै बिरोध सुरु
    images
    images
    images

    कालिगण्डकीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका खेतमा सिँचाई पुर्‍याउने मुख्य उद्देश्यका साथ परिकल्पना गरिएको कालिगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको काम अगाडि बढाईएको छ । आयोजनालाई मुर्तरुप  बुटवलको कालिकानगरमा आयोजनाको कार्यालय स्थापना गरिएको छ । कार्यालयको संघीय सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उदघाटन गरेका छन् ।

    करिब ९ मिटर चौडा सुरूङमार्गमार्फत कालीगण्डकीको ८२ घनलिटर प्रतिसेकेन्ड पानी तिनाउ नदीमा पुर्‍याउने गरि योजना बनाइएको छ। बेलवासबाट कपिलवस्तुको बाणगंगासम्म ३८ किलोमिटर लामो नहर बनाउने गरी डीपीआर बन्ने छ । दोभानबाट तिनाउमा खसालिएको आधा पानी १४ किलोमिटर लामो पूर्वी नहर हुँदै तिनाउ पूर्वका क्षेत्रमा सिँचाइका लागि प्रयोग गर्ने योजना रहेको छ ।

    images
    images
    images

    कार्यालय उद्घाटन भएसंगै अब आयोजनाको विस्तृत परियोजना प्रतिवदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङकन (ईआईए) को काम शुरु हुने उपप्रधानमन्त्री बिष्णु पौडेलले बताए । वातावरणीय प्रभाव अध्ययनको निष्कर्षका आधारमा परियोजना अघि बढाउने र यो आयोजना सफल बनाएरै छाड्ने उनले दावी गरे ।

    स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–३, पीपलडाँडा क्षेत्रमा बाँध बनाएर २७ किलोमिटर लामो सुरूङमार्फत पाल्पाको तिनाउ गाउँपालिका–१ दोभान र दोभानबाट बुटवलको बेलबाससम्म थप ७ किलोमिटर सुरुङ खनेर तिनाउमा पानी झार्ने योजना छ । यो आयोजना सम्पन्न गर्न १ खर्ब ८० अर्ब लागत अनुमान गरिएको छ ।दोभानमा बन्ने विद्युत आयोजनाबाट एक सय मेगावाट र बेलवासको विद्युत आयोजनाबाट २६ मेगावाट विद्युत उत्पादन गर्ने योजना रहेको आयोजना प्रमुख सन्तोष कैनीले बताए । दोभान र बेलबासमा झर्ने पानीबाट रुपन्देही र कपिलवस्तुमा एक लाख हेक्टर जमिनमा सिञ्चाइ सुविधा पुग्ने कैनीले जानकारी दिए ।

    आयोजनाको कार्यालय उद्घाटनसंगै यसले नदी तटीय क्षेत्रका बासिन्दामा तरंग ल्याएको छ । डाइभर्सन आयोजनाले लुम्बनी प्रदेशका पाल्पा, गण्डकीको स्याङ्जा र तनहुँसम्मका १० वटा स्थानीय तह प्रत्यक्ष प्रभावित हुने भन्दै यो आयोजनाको विरोध हुँदै आएको छ ।

    गण्डकी प्रदेशका का निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङलगायतले पनि यो डाइभर्सन आयोजना अघि बढ्न नदिने अभिव्यक्ति दिएका थिए ।हालका मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेलले पनि यो आयोजनाको बिरोध जनाएका छन्। डाइभर्सन आयोजनाले रम्भा गाउँपालिका, रामपुर नगरपालिका, चापाकोट नगरपालिका, निस्दी गाउँपालिका, घिरिङ गाउपालिका, देवघाट गाउँपालिका, बुलिङटार गाउँपालिका, बौदीकाली गाउँपालिकाका हजारौं परिवार प्रभावित हुने पाल्पाको रामपुर नगरपालिलाका प्रमुख रमणबहादुर थापाले बताए ।

    ‘डाइभर्सनले धार्मिक, सांस्कृतिक, वातावरणीय, पर्यटकीय धेरै हिसाबले नदी तटीय क्षेत्रलाई नराम्रो असर पर्छ’ नगर प्रमुख थापाले भने, ‘हामीले पहिल्यैदेखि विरोध गर्दै आएका हौं, अब संगठित ढंगले लाग्छौं र कुनै हालतमा सफल हुन दिन्नौं ।’

    कार्यालय उद्घाटन संगै बिरोध सुरु भएको कालीगण्डकी तिनाउ दाइभर्सन आयोजनाले मुर्त रुप लेला त् त्यो भने हेर्न बाँकीनै छ। 

     

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, आषाढ १३ २०७८०८:५५:५२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij