असार १३ देवदह। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य रुपन्देही क्षेत्र नम्बर १ का इन्चार्ज तथा ओमसतिया गाउँपालिकाकाका अध्यक्ष हिरा केवट राहुलले आफु माओवादी केन्द्रमै रहेको खुलासा गरेका छन्।
अध्यक्ष राहुलले आइतबार एक प्रेस बक्तब्य जारी गर्दै नेकपा एमालेमा गएको भनि गरिएको प्रचार भ्रम भएको र त्यसमा कुनै सत्यता नरहेको दाबि गरेका छन्।

आफ्नो खुन पसिनाले सिंचित नेपाल कम्युनिस्ट पार्टी माओवादी छोडेर गएको भन्दै आफ्नो चरित्र हत्या गर्न खोजेको र उक्त कुरा निराधार रहेको समेत उनले उल्लेख गरेका छन्। अध्यक्ष राहुलले आफु अहिले पनि माओवादी केन्द्रको प्रदेश सदस्य रहेको बताउदै केहि कमि कमजोरी भएको भए छानविन गर्न समेत आग्रह गरेका छन्।
आम जनसमुदाय ,पार्टीका नेता कार्यकर्ता,शुभचिन्तक सबैमा आफू नेपाल कम्युनिस्ट पार्टी माओवादीकेन्द्र मै रहेको र भविस्यमा पनि रहने,नेकपा एमालेमा गएको भनि गरिएको प्रचार भ्रम भएको र बिश्वास नगर्न समेत उनले अपिल गरेका छन्।
कार्यक्रम :कृषिका कुरा
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij