सुरज भट्टराई,देवदह। रुपन्देहीको देवदहका किसानहरुलाई पम्पसेट वितरण गरिएको छ ।देवदह नगरपालिका वडा नंवर ४ ले सिचाई बोरिङ योजना अनुसार स्थानिय ११ टोल विकास संस्थालाई उक्त पम्पसेट वितरण गरिएको हो । टोल विकास संस्थालाइ पम्पसेट सहित बोरिङ सञ्चालनका लागि आवश्यक पर्ने पाईप, ट्युबेल लगाएतका सामान समेत वितरण गरिएको वडा नं ४ सिचाई वोरिङ उपोभोक्ता समितीका अध्यक्ष फनेश्वर पोख्रेलले बताउनुभयो ।

पम्पसेट बितरण कार्यक्रममा बोल्दै देवदह - ४ का वडा अध्यक्ष दिपक चापागाईंले किसानहरुलाई कृषि यन्त्रसहित नयाँ आधुनिकिकरणमा लैजानु पर्ने आवश्यक रहेको बताउनुभयो । किसानहरुलाई वडा कार्यलयले आउदा दिनहरुमा पनि साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
पम्पसेट बाट भुमिगत पानी तानेर वा खोलाको पानी तानेर सिचाई गर्न सकिने छ ।
कार्यक्रम :कृषिका कुरा
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij