असार १६ । अबिरल बर्षाका कारण डाईभर्सन भत्किदा पुर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट सडक अवरुद्ध भएको छ ।नवलपरासीको सुनवल नगरपालिका १३ बडेरामा बनाइएको डाईभर्सन भत्किदा सडक अवरुद्ध भएको हो ।
सडक आज बिहान ५:३० बजे देखी पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासी बर्दघाटले जनाएको छ । साथै सरावल गाउपालिका १ बासामा समेत निर्माणाधिन सडक डुबानमा परेको कार्यालयले जानकारी दिएको छ ।
निर्माण कार्य जारि रहेकोले सवारी साधनलाई बैकल्पिक मार्ग प्रयोग गरि गन्तब्यमा पुग्न व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।
त्यस्तै दाउन्नेमा पहिरो खस्दा सडक अबरुद्द भएको छ। बर्दघाट–दुम्किवास खण्डको ध्यू खोलानजिक खसेको पहिरोले बिहान ९ बजेबाट राजमार्ग अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका सई प्रेम पोखरेलका अनुसार विश्वकर्मा मन्दिरदेखि पूर्वतर्फ झरेको पहिरो पन्छाउने काम भइरहेको छ । लगातारको वर्षाले दाउन्नेको ठाउँठाउँमा पहिरो खसेका कारण राजमार्गको यात्रा जोखिमपूर्ण बनेकोछ । पहिरो हटाउने काम भइरहेकाले गाडीहरू बर्दघाट र दुम्कीवासमा रोकिएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij