बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

कर्मचारी र जनप्रतिनिधिको लापरबाहीका कारण ५३ जना जेष्ठ नागरिकले बृद्दभत्ता पाएनन्

कर्मचारी र जनप्रतिनिधिको लापरबाहीका कारण ५३ जना जेष्ठ नागरिकले बृद्दभत्ता पाएनन्

images
  • 579
    SHARES

  • images
    images
    images
    कर्मचारी र जनप्रतिनिधिको लापरबाहीका कारण ५३ जना जेष्ठ नागरिकले बृद्दभत्ता पाएनन्
    images
    images
    images

    असार १६ ,देवदह। केहि दिन अघि देवदह बाट एक जना दाजुले गुनासो गर्नुभयो । देवदह ५ का ५३  जना जेष्ठ नागरिकले बृद्दभत्ता पाएका छैनन् ,के कारणले होला खोजीनिती गरिदिनु पर्यो। ५ बर्ष देखि बृद्दभत्ता पाउदै आउनुभएकी आमाको समेत वडा कार्यालयको कमजोरीका कारण पास बुक अपडेट गर्न छु टा उ दा बृद्द भत्ता रोकिएको जानकारी गराउनुभयो। 

    त्यस पछि सूचना जानकरी गराउने दाजु बाट आवश्यक जानकारी र प्रमाण लिएर हामी जेष्ठ नागरिकले किन बृद्दभत्ता पाएनन् ,बृद्द भत्ताको कार्ड कर्मचारीले किन समयमै अध्यावधिक गरेनन ?कर्मचारीले लापरबाही गर्दा जनप्रतिनिधिले किन आवाश्यक सोधपुछ गर्न सकेन ? यी बिषयमा जानकारी लिन सम्बन्धित वडा कार्यालयमा पुग्यौ।  

    images
    images
    images

    वडा नम्बर ५ का सचिव बामदेव पोखरेललाई हामीले यो बिषयमा जिज्ञासा राख्दा यस अघिका सचिबले समयमै तथ्यांक अपडेट नगरिदिदा  समस्या आएको बताए। यद्यपि जेष्ठ नागरिकको पासबुक अपडेट गर्नु अगाडी जेष्ठ नागरिकलाई पासबुक अपडेट गराउनका लागि किन जानकारी भएन,बृद्दभत्ता पाउने सबै जेष्ठ नागरिकको तथ्यांक किन चेक नगरी अपडेट गराउनु भयो भनेर प्रश्न गर्दा ०७६/७७ मा अपडेट नभएकोले छुटेको  सचिब पोखरेलले बताए। 

    देवदह नगरपालिकाका प्रबक्त्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष झिल्लु प्रसाद न्यौपानेले कर्मचारीको लापरबाहीको कारण देवदह नगरपालिकाका ५३ जना जेष्ठ नागरिकले बृद्द भत्ता पाउन बाट बन्चित भएको र यसमा कर्मचारी र वडा कार्यालयको कमजोरी भएको स्वीकारेका छन्। यस अघिका कर्मचारीले पासबुक अपडेट गर्न छुटाएको कारण ५३ जना नागरिक बृद्दभत्ता पाउन बाट बन्चित भएको प्रबक्त्ता न्यौपानेले बताए। 

    केहि त्रुटि भएको भन्दै सचिवलाई सबै कुरा सच्याउन निर्देशन दिईसकेको प्रबक्त्ता न्यौपानेले बताए। विविध कारणले छुटेका सबै जेष्ठ नागरिकलाई पहिलो त्रैमासिक बाट भत्ता प्रदान गरिने उनले बताए। 


    कार्यक्रम :कृषिका कुरा 
    शुक्रबार बेलुका ७ बजे 

    गुराँस अनलाइनमा प्रकाशित सामग्रीबारे कुनै सुझाव गुनासो तथा सूचना भए हामीलाई gurasmedia24@gmail.com मा पठाउनु होला।

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, आषाढ १६ २०७८०७:५९:००
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij