सुर्खेत । राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्ने तीन जनालाइ पुर्पक्षका लागि कारागार चलान गरिएकाे छ । जिल्ला अदालत सुर्खेतले गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनलाइ पुर्पक्षका लागि कारागार चलान गरेकाे हाे ।अदालतका न्यायाधीश भीमप्रसाद सापकाेटाकाे एकल इजलासले आज कारागार चलान गरेकाे जिल्ला अदालत सुर्खेतले जनाएकाे छ ।
राउटे समुदायका १९ र २३ वर्षकी युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर उनीहरुलाई यौन दुर्व्यवहार गरेपछि उनिहरूविरूद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबर्जस्ती करणीको मुद्दा दर्ता भएकाे थियाे ।
ती युवतीलाइ युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो गत जेठ २३ गतेदेखि सामाजिक सञ्जालमा सार्वजनिक भएपछि तीनै जनालाइ प्रहरीले पक्राउ गरेकाे थियाे ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij