चितवन।नारायणगढ- मुग्लिन सडकखण्ड अबरुद्द भएको छ। नारायणगढ- मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो । इच्छाकामना गाउँपालिका- ६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । पहिरो आज राति २ः१० बजे खसेको हो । यस क्षेत्रमा निरन्तर पानी परिरहेकाले पहिरो पन्छ्याउने कार्यमा अबरोध भैरहे पनि एकतर्फी सडक संचालनमा ल्याउने प्रयास भैरहेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij