असार १७ देवदह। बिकास तथा प्रकोप व्यबस्थापन केन्द्र (सिडिएम) नेपालले रुपन्देहीको देवदहमा रहेको आईसोलेशन सेन्टर (कोरोना अस्थायी अस्पताल)लाई स्वास्थ्य उपकरण प्रदान गरेको छ । दाताको सहयोगमा देवदहको आईसोलेशन सहित लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवाको भिम अस्पतालमा समेत स्वास्थ्य उपकरण प्रदान गरिएको सिडिएम नेपालका अध्यक्ष बिनोद घिमिरेले जानकारी गराउनु भयो ।
कोरोना भाईरस संक्रमणको महामारीबाट जुध्नको लागि स्थानीय सरकारसंग हातेमालो गरिएको बताउँदै सबैको सहयोग र सहकार्यबाट कोभिडलाई कोभिडलाई जित्न सकिने अध्यक्ष घिमिरेले विश्वास व्यक्त गर्नुभयो ।संस्थाले प्रदान गरेको स्वास्थ्य उपकरण ग्रहण गर्दै देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले नगरपालिकाले सञ्चालन गरेको आईसोलेशन मात्रै नभएर डाक्टरकै टिममा अस्थायी प्रकृतिको अस्पताल नै सञ्चालन गरिएको उल्लेख गर्नुभयो । उहाँले संस्थाले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ गहन तरिकाले सहकार्य हुने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संस्थाले देवदह आईसोलेशन सेन्टरको लागि बेड, बेडिनङ्क मेटेरियल मटरेस, सिरानी तन्ना समेतको २० सेट, १० थान मेडिकल टेन्ट, १० थान ब्लाङ्केट र ६ थान नेबुलाईजर मेसिन प्रदान गरेको हो ।त्यस्तैगरी लुम्बिनी प्रादेशिक अस्पतालमा १ हजार पिस एन ९५ मास्क, २० थान पिपिई सेट, ९६ थान पिसिआर टेष्टिङ् किट, ३८ थान भिटिएम टेस्टिङ् किट, २५ थान एक्ट्याक्सन र १० थान पल्स अक्सिमिटर सहित सर्जिकल मास्क तथा सेनिटाईजर प्रदान गरिएको संस्थाका कार्यकारी निर्देशक धर्मराज घिमिरेले जानकारी गराउनु भयो । उहाँका अनुसार भैरहवाको भिम अस्पताललाई १५ थान ब्लाङ्केट, एन ९५ मास्क एक हजार पिस, पिपिई २० सेट, नेगोलाईजर, पोर्टेवल सक्सन सहित सेनिटाईजर तथा सर्जिकल मास्क प्रदान गरिएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij