असार १८ ,बुटवल। रुपन्देहीमा कोरोना संक्रमण दर अघिल्लो दिनको तुलनामा केहि बढेको छ। असार १७ गते २ सय २९ जनाको पिसिआर परिक्षण गर्दा ३८ जनामा कोरोना पोजेटिभ देखिएको थियो। असार १८ गते २ सय १० जनाको RTPCR परिक्षण गर्दा ४५ जनामा कोरोना पोजेटिभ देखिएको हो।
रुपन्देहीमा हाल सम्म २८ हजार १ सय ९४ जनामा कोरोना पोजेटिभ देखिएको छ। हाल सम्म २७ हजार ४ सय ११ जना कोरोना मुक्त भएका छन्। त्यस्तै २ सय ९५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन्। बिगत २४ घण्टामा १५ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकले जानेको छ।
त्यस्तै रुपन्देहीमा हाल सम्म ४ सय ८८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij