बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

जोखिमयुक्त बुटवल पाल्पा सडक खण्ड ,सडक डिभिजन सूचना मात्र जारि गर्छ ,मर्मत गर्दैन

जोखिमयुक्त बुटवल पाल्पा सडक खण्ड ,सडक डिभिजन सूचना मात्र जारि गर्छ ,मर्मत गर्दैन

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    जोखिमयुक्त बुटवल पाल्पा सडक खण्ड ,सडक डिभिजन सूचना मात्र जारि गर्छ ,मर्मत गर्दैन
    images
    images
    images

    असार १९ बुटवल। केहि दिन अघि तिनाउ गाउँपालिकाले सडक डिभिजन पाल्पालाई सडक जोखिम युक्त भएको कारण यथासिघ्र मर्मत गर्न निवेदन गरेको थियो। 

    बुटवल पाल्पा सडक खण्डको झुम्सा देखि २०० मिटर उत्तर झुम्सा पानिमिल सडक भासिएर बाटो साँघुरो भएको दुई बर्ष भयो। झुम्सा खोलाले पिध कटान गरि बाटो साँघुरो भएको र एकतर्फी मात्रै यातायात ओहोरदोहोर गर्न मिल्ने र पटक पटक अबरुद्द भएको भन्दै सडक मर्मत गर्नका लागि सिफारिस  गर्दै गाउँपालिकाले अनुरोध गरेको थियो। 

    images
    images
    images

    दुई बर्ष देखि भत्किएको सडक मर्मत गर्न सडक डिभिजन पाल्पाले त्यति चासो देखाएको छैन। बारम्बार सडक मर्मतका लागि आग्रह गरियो ,अहिले ब्यानर सम्म टाँस्न भ्याएको तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तिले उल्लेख गरेका छन् । 

    सिदार्थ राजमार्गको बुटवल तानसेन सडक खण्ड अन्तर्गत सिद्दबाबा दोभान सडक अत्यन्तै जोखिम मानिन्छ। बर्षाको समयमा र हिउँदमा पनि सुक्खा पहिरो बारम्बार खस्दा यात्रुहरुले सास्तीका साथै अकालमै ज्यान समेत गुमाइरहेका छन्। 

    बारम्बार सुरुङ्ग मार्ग र बैकल्पिक मार्गको पनि चर्चा नभएको होइन ,सुरुङ्ग मार्ग बर्षौ देखि चर्चामै सिमित बहेको छ भने बैकल्पिक मार्गको पनि सोचे अनुरुप काम अगाडी बढ्न सकेको छैन। 

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, आषाढ १९ २०७८०८:३०:११
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij