असार १९,काठमाडौँ। भ्रस्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएर चर्चामा रहेका उपसचिव प्रेमप्रसाद सञ्जेलले अवकाश पाएका छन्।
विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा कार्यरत उपसचिव सञ्जेलले ५८ वर्षे उमेर हदका कारण सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका हुन्। ४० वर्षभन्दा बढी सरकारी सेवामा रहेर असार १५ गतेबाट उनी सेवानिवृत्त भएका हुन्।
उनले सामाजिक संजालमा मात्र ४० वर्ष चार महिना ६ दिन जनताको सेवा गरी बिदा भएँ भनेर लेखेका छन् । उनले आफ्नो अनुभव बाड्दै नेपालमा नेता मात्र नभई कर्मचारी पनि उत्तिकै खराब भएको उल्लेख गरेका छन्।
‘नेपालमा नेता मात्र होईन कर्मचारी पनि उत्तिकै खराब छन । ४० बर्ष जागिर खायो रे । अरुले नगरेको तर तैले गरेको एउटा काम भन त भन्दा अफिस गएर फर्केँ भन्छ । पाए घुस खान्छ’ उनले लेखेका छन्, ‘नपाए अफिसको कमिसन खान्छ । भ्रस्टचार गर्छ । बाल बचेरा बिदेशमा पढाउँछ । यस्ताले त भैँसी पालेर बसे कसो होला ? स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ ।’
उनले फेसबुकमा लेखेका छन्, ‘घुस्याहा, भुस्याहा, छुस्याहा, जँड्याहा, कप्ट्याहा, द्रब्यपिसाच, घोसे,घोप्टे,कपटी,चाप्लुसे “घुभुछुजकद्र घोघोकचा” देशमारा, जनताको रगत चुसाहा, अफिसको रगत चुसाहा, कमिसनखोर, कर्मचारीहरु र तिनका दृश्य अदृश्य राजनैतिक ……….हरु/ जागिरबाट/ सेवाबाट/पेशाबाट/कामबाट/ र ………बाट अवकाश भै/ वा खारेज भै “सँधैको लागि” घर जान बिदा हुँदा जनताको रगत चुसेर भित्री शरिर जुकाको जस्तो रगतले ढाडिएर रातोपिरो पारेर बाहिरी शरिर र “घुस्याहा कालोअनुहार” तत्काल छोप्न आसेपासेद्वारा कालो अनुहारमा अविर दलाएर तथाकथित बिदाई समारोहको “”प्रायोजन”” गर्छन। मैले त्यस्तो तथाकथित काम बहिस्कार गर्ने चलन आफैँबाट शुरू गरेँ । स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ ।धन्यबाद ।’
उनले भनेका छन्, ‘ नेपालका सबै कर्मचारी साथी,तिमीले आफ्नैदेश सुधार्न के कसम खायौ ? अझैघुस, कमिसन,नजराना,इनाम, बक्सौनि,रिश्वतको नाममा आफ्नैदेश र गरिब नेपाली जनताको रगत चुस्दै छौ? मैले भ्रष्टाचार बिरुद्ध लड्दा जेल,ज्यान र जागिरमाथि हिडने आबश्यक परेका बखत बात,हात र लात चलाउने,समयले जे निर्णय गर्छ,सोही मान्ने कसम खाएर सरकारी जागिर /स्थायी नोकरीमा मात्र नोकरीमा ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी िवदा लिएँ ।धन्यबाद ।’
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij