काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न उपप्रधानमन्त्री विष्णु पौडेलसहित मुख्य ३ नेताहरु कोटेश्वर पुग्नु भएको छ । पार्टी विभाजनबाट जोगाउने प्रयास स्वरुप नेताहरु वरिष्ठ नेता नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वर पुग्नु भएको हो ।
उपप्रधानमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र शंकर पोखर नेपाल निवास कोटेश्वर पुग्नु भएको र छलफल जारी रहेको बताइएको छ । शुक्रबारबाट जारी एमाले केन्द्रीय कमिटी बैठकमा नेता नेपालपक्षका नेताहरुको सहभागिता रहेको छैन ।
केन्द्रीय कमिटी बैठकबाटै प्रधानमन्त्री ओलीले नेता नेपाललाई सर्वोच्चको रिटमा दिइएको हस्ताक्षर सोमबार सम्ममा फिर्ता लिइसक्न चेतावनी दिनु भएको छ ।
तर नेता नेपालले भने हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नलिने बताउदै केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गर्दै आउनु भएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij