असार २१ बुटवल। बुटवल उपमहानगरपालिकाले उपमहानगरका विपन्न बर्गका परिवारको लागि बाख्रा वितरण गरेको छ। विभिन्न वडाका विपन्न परिवारका लागि व्यावसायिक बाख्रापालनमा आकर्षित गर्न निःशुल्क बाख्रा वितरण गरिएको हो । उपमहानगरका प्रमुख शिवराज सुवेदीले कृषिमा आकर्षण बढाउन, कृषिलाई व्यावसायिक बनाउन र साना–साना कामबाटै उद्यमी बन्ने बाटो देखाउने उद्देश्यले यसप्रकारको कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रम :कृषिका कुरा
टोल विकास संस्थामार्फत छनौट भएका परिवारलाई वितरण गरिएको र अरु नयाँ कार्यक्रममा समावेश गरिने उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो।लुम्बिनी प्रदेश सरकारको सहकार्यमा गरिएको उक्त कार्यक्रममार्फत प्रति परिवार माउ सहित पाँच वटा बाख्रा वितरण गरिएको छ। त्यस्तै बाख्रा पाल्ने खोरका लागि १५ हजार समेत नगद उपलव्ध गराइएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij