बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

अप्रेसन कक्षमा कार्यरत स्वास्थ्यकर्मी हरुका लागि सेमिनार तालिम

अप्रेसन कक्षमा कार्यरत स्वास्थ्यकर्मी हरुका लागि सेमिनार तालिम

images
  • 227
    SHARES

  • images
    images
    images
    अप्रेसन कक्षमा कार्यरत स्वास्थ्यकर्मी हरुका लागि सेमिनार तालिम
    images
    images
    images

    असार २२,देवदह। देवदह मेडिकल कलेजमा अप्रेसन कक्षमा काम गर्ने स्वास्थ्यकर्मीहरुका लागि सेमिनार तालिम सम्पन्न भएको छ। AO Alliance Nepal को आयोजनामा गत असाढ २० र २१ गते  देवदह मेडिकल कलेजमा Basic Principles of Fracture management for Operating Room Personnel नामक अन्तराष्ट्रिय सेमिनार तालिम  सम्पन्न भएको हो। 

    No description available.

    images
    images
    images

    मूलतः अस्पतालको अप्रेसन कक्षमा काम गर्ने स्वास्थ्यकर्मीलाई  हाड़जोर्नीको अप्रेशन गर्दा अपनाउनु पर्ने सजकता, अप्रेसनको क्रममा आइपर्ने जटिलताको समाधान तथा विभिन्न किसिमका अप्रेसनको सैदान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको  थियो। तालिममा भैरहवा मेडिकल कलेज, लुम्बिनी प्रादेशिक अस्पताल, देवदह मेडिकल कलेज, क्रिम्सन अस्पताल, चौराहा अस्पताल, लुम्बिनी नर्सिङ्ग अस्पताल, एडमण्ड अस्पतालका गरि ३० जना स्वास्थ्यकर्मीको उपस्थिति थियो । 

    No description available.

    कोभिड -१९ को महामारीको समयमा सुरक्षाको अन्तराष्ट्रिय मापदण्ड प्रयोग गरेर उक्त कार्यक्रम पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी सिनियर नर्स क्षेत्र कुमारी रोक्का तथा नेपाल मेडिकल कलेजका बरिष्ठ हाड़ जोर्नी विशेषज्ञ डा.बिजेन्द्र अधिकारीको अध्यक्षतामा भएको थियो ।कार्यक्रम समापनमा देवदह मेडिकल कलेजका अस्पताल निर्देशक डा बिक्रम ज्ञवाली, कलेजका प्राचार्य डा. पी सी महाजन ,शल्य चिक्तिसा बिभागका प्रमुख डा बाबुराम पौडेलले प्रसिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो। त्यसै गरि  AO Alliance Nepal का प्रमुख प्रा डा. रमेश प्रसाद सिंहले प्रसिक्षकहरुलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो। यो तालिम अप्रेसन कक्ष र बिशेष गरि हाड़जोर्नी सम्बन्धि अप्रेसनमा  संलग्न स्वास्थ्यकर्मी- नर्स तथा हेल्थ असिस्टेन्टहरुलाई एकदमै फलदायी रहेको प्रमुख प्रशिक्षक मध्येका एक देवदह मेडिकल कलेजका हाड़जोर्नी बिभाग प्रमुख बरिष्ठ हाड़ जोर्नी विशेषज्ञ  डा. जय राज शर्माले बताउनु भयो।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, आषाढ २२ २०७८१०:४०:५०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij