बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

युरो कप : डेनमार्कलाई हराउंदै इंग्ल्यान्ड फाइनलमा

युरो कप : डेनमार्कलाई हराउंदै इंग्ल्यान्ड फाइनलमा

images
  • 183
    SHARES

  • images
    images
    images
    युरो कप : डेनमार्कलाई हराउंदै इंग्ल्यान्ड फाइनलमा
    images
    images
    images

    काठमाडौं । इंग्ल्यान्ड युरो २०२० को फाइनलमा पुगेको छ । गएराति भएको खेलमा डेनमार्कलाई २–१ गोलले पराजित गर्दै इंग्ल्यान्ड प्रतियोगिताको फाइनलमा पुगेको हो ।

     

    निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा गोल गर्दै इंग्ल्यान्डले जित निकाल्न सफल भयाे । इंग्ल्यान्डलाई जित दलाउनकाे लागि एक गाेल ह्यारी केनले गरे भने अर्काे गाेल उपहार पाएकाे थियाे । डेनमार्कका लागि मिक्केल डमसगार्डले गाेल गरेका थिए ।

    images
    images
    images

    खेलको १०४ मिनेटमा ह्यारी केनले पेनाल्टी प्रहार गरेका थिए । उनको प्रहारलाई डेनमार्कका गोलकिपर कास्परले रोकेका थिए । रिबाउन्डमा केनले गोल गर्दै इंग्ल्यान्डलाई फाइनलमा पुर्याए । डेनमार्कका जोकिम मुहले रहिम स्टर्लिङलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिएको थियो ।

    त्यसअघि खेलको ३० मिनेटमा गोल गर्दै डेनमार्कले खेलमा अग्रता लिएको थियो । मिक्केल डमसगार्ड फ्रिकिकमा गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए ।

    ३९ मिनेटमा इंग्ल्यान्डले आत्मघाती गोलको मद्दतमा बराबरी गरेको थियो। बुकायो साकाको क्रस रोक्ने क्रममा डेनमार्कका साइमन केजारले आफ्नै पोस्टमा बल छिराउन पुगेका थिए।

    अब उपाधिका लागि इंग्ल्यान्डले आइतबार राति इटालीसँग प्रतिस्पर्धा गर्नेछ। इटालीले पहिलो सेमिफाइनलमा स्पेनलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो।

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, आषाढ २४ २०७८०९:०७:११
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij