असार २४,झुम्सा। पाल्पाको तिनाउ गाउँपालिकाका बिभिन्न स्थानमा पहरो खस्दा बुटवल तानसेन खण्ड अबरुद्द भएको छ। तिनाउ गाउँपालिका ५ मा पहिरोले ६ घर बगाएको छ भने ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको छ। त्यस्तै रमेश परियारको घर पहिरोले पुर्दा उनको ४ बर्षीय छोरा आरभ परियार बेपत्ता भएका छन्।
तिनाउ गाउँपालिकामा सिद्धबाबा, झुम्सा, कालिमाटी लगायत दर्जनौ स्थानमा पहिरो गएको कारण सडक अबरुद्द भएको दोभान प्रहरी चौकीले जानकारी दिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij