बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

बालकको हत्या गरेको अभियोगमा २ जना पक्राउ

बालकको हत्या गरेको अभियोगमा २ जना पक्राउ

images
  • 433
    SHARES

  • images
    images
    images
    बालकको हत्या गरेको अभियोगमा २ जना पक्राउ
    images
    images
    images
    कैलाली असार २४
    टिकापुर नगरपालिका-१ ब्लक नम्बर ८ मुनुवा रोड बस्ने दिलिप बिष्टको छोरा साढे तीन वर्षीय गोलु भन्ने विवेक बिष्टको हत्या गरेको अभियोगमा २ जना किशोरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १५ वर्षीया किशोरी र टिकापुर नगरपालिका-१ डेरा गरी बस्ने लम्की चुहा नगरपालिका-६ घर भएकी १४ वर्षीया किशोरी रहेका छन् ।
     
    दिदी नातापर्नेसँग जामुन खान गएको अवस्थामा सोमबार बिहानदेखि बेपत्ता भएका विकेकको खोजी गर्ने क्रममा टिकापुर नगरपालिका-४ घोयली उपभोक्ता वनस्थित जमरा कुलोमा बुधबार साँझ शव फेला परेको थियो । उक्त घटनाको थप अनुसन्धानका लागि तत्काल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट २ वटा स्नीफङ डग सहित खटिएको प्रहरीले हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
     
    विकेकलाई पारिवारिक रिसइवीका कारण हत्याको योजना बनाई जामनु खाने निहुँमा घरबाट करिब ५ सय मिटर टाढा कुलोमा लगि बालकले लगाएको चाँदीको बाला निकाली बालकलाई धक्का दिई कुलोमा खसाली हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।उनीहरू उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, आषाढ २४ २०७८०८:५०:३२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij