काठमाडौं । एमालेमा लागेका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग जान लागेका छन् ।
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका बादल समूहका नेताहरु टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साह आज ११ बजे निर्वाचन आयोग जान लागेका हुन्। बुधबार माओवादी केन्द्रको दलीय हैसियत खारेजीको निवेदन आयोगमा दर्ता गराएका उनीहरु पुन: आयोग जान लागेका हुन्।
माओवादी केन्द्र अवैधानिक हो भन्ने उजुरी दिएको विषयमा आयोगमा के भइरहेको छ भन्ने जानकारी लिनका लागि आयोग जान लागेको नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापाले जानकारी दिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij