बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पाल्पाको तिनाउ गाउँपालिकामा पहिरोका कारण ३ जनाको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिकामा पहिरोका कारण ३ जनाको मृत्यु

images
  • 471
    SHARES

  • images
    images
    images
    पाल्पाको तिनाउ गाउँपालिकामा पहिरोका कारण ३ जनाको मृत्यु
    images
    images
    images

    असार २६ झुम्सा। पाल्पाको तिनाउ गाउँपालिका-५ को पहिरोमा घाइते भएर उपचार गराइरहेकी ७५ वर्षीय सुन्दरी गुरुङको मृत्यु भएको छ।  

    बुधवार बिहान पहिरोमा पुरिएर गम्भीर घाइते भएकी गुरुङको शुक्रबार राति लुम्बिनी मेडकिल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त पहिरोमा पुरिएर बुधवार ४ वर्षीय आरभ परियार र ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको थियो। 

    images
    images
    images

    पहिरोले दुई घर बगाएको छ भने तीन घर पुरिएका छन्। पहिरोमा  परी घाइते भएका २६ वर्षीय रमेश परियार, २४ वर्षीया पुजा परयिार, ५० वर्षीय बलबहादुर पुन, २० वर्षीय आकाश तामाङ, २२ वर्षीय दलीबहादुर राना र दिपेश पुनको  लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भइरहेको छ।

    चुनढुङ्गा खानीबाट खसेको लेदा सहितको पहिरोले राजमार्ग क्षेत्रका घरहरु बगाएको हो।  पहिरोमा विस्थापित भएका घरपरिवारका सदस्यलाई नजिकैको कल्याणी आधारभूत विद्यालयमा राखिएको छ। पहिरोबाट पीडित परिवारलाई गाउँपालिका, नेपाल रेडक्रस पाल्पा, लायन्स क्लव, नेपाली कांग्रेस पाल्पा लगायतका संघ संस्थाले अत्यावश्यक सामग्री सहयोग गरेका छन्। 

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, आषाढ २६ २०७८०२:५१:११
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij