नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेसमा छिर्ने कलाकर्मीसँगै हास्यकलाकार सुरेन्द्र केसी ‘मुलासाग’ ले पनि कांग्रेसमा प्रवेश गरेका छन् ।
मुलासागसँगै महादेव त्रिपाठी ‘जादुगर’ ले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पार्टी प्रवेश गरेर सदस्यता ग्रहण गरेका हुन् ।
शनिबार एमाले परित्याग गरि कांग्रेसमा पार्टी प्रवेश गर्ने कलाकारहरुलाई सदस्यता वितरण गर्ने कार्यक्रम थियो । सोही कार्यक्रममा उनीहरुले पनि पार्टी प्रवेश गरेका हुन् । एमाले परित्याग गरि ७० जना कलाकर्मीले नेपाली कांग्रेस प्रवेश गरेको बताइएको छ ।
एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्नेहरुमा गायक मोहन राई, मेनुका भुजेल, गंगाराज राई, प्रेमबहादुर लिम्बु, मित्रकुमार राई, चन्द्र कुमारी राई, कमल कुमार राई, दिपेश कुमार बान्तावा र दिपेनकुमार बान्तावा रहेका छन् ।
यसैगरी आङ्गारिक शेर्पा, उद्देश्य राई, अजय राई, श्रीकृष्ण खड्का, विजय कुँवर, प्रदीप राई, सगुन मगर, अमिर बुढाथोकी, रामबहादुर विश्वकर्मा, विरुबहादुर विश्वकर्मा, अस्मिता मगर, प्रदीप बुढाथोकी, गणेश दशारालगायत थुप्रै कलाकरहरुले एमाले छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेसमा प्रवेश गरेका मुलासाग र जादुगर भने यसअघि कुनै पार्टीमा संलग्न रहेका छैनन् । उनीहरुको पार्टी प्रवेश यो पहिलो हो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij